तीन हप्तादेखि हुम्लाका रिप र उनापानी गाउँ अन्धकारमा « Khabarhub

तीन हप्तादेखि हुम्लाका रिप र उनापानी गाउँ अन्धकारमा


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हुम्ला- गत साउन १३ र १४ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले विद्युतमा क्षति पुर्‍याउँदा हुम्लाको मध्य भेगमा रहेका दुई गाउँबासी अन्धकारमा बस्दै आएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा सर्केगाड गाउँपालिका–२ को रिप र वडा नं ३ को उनापानी गाउँका बासिन्दाले अहिले उज्यालोका लागि सल्लाको दियालोको भर पर्नुपरेको छ ।

पहिराले क्षति पुर्‍याएको नहर तथा पावर हाउस हालसम्म मर्मत नहुँदा स्थानीयवासी दियालो बाल्न बाध्य भएका हुन् । विद्युत् हाउस नबन्दा तीन हप्तादेखि वडा नं ३ उनापानी गाउँलेले सल्लाको दियालो बाल्नुपरेको स्थानीयवासी महेश थापाले बताए । यसअघि तीन सय घरधुरीका लागि विद्युत् आपूर्ति गर्दै आएको लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई गत साउन १२ गते आएको पहिरोले क्षति पु¥याएपछि त्यसयता गाउँमा अन्धकार छाएको उनको गुनासो थियो ।

विद्युत् आपूर्ति भइरहेका कारण सोलारको विकल्पसमेत नगरिएकाले हाल जङ्गलबाट सल्लाको झरो टिपेर दियालोको रुपमा बाल्नुपरिरहेको हो । पावर हाउसलाई यति धेरै समयसम्म मर्मत गर्न कसैको ध्यान जान नसकेको र अब कहिले मर्मत हुन्छ भन्ने यकिनसमेत नभएको स्थानीयवासी थापाको भनाइ थियो ।

दुई सय ५० घरधुरी रहेको वडा नं २ को रिप गाउँको समस्या पनि उस्तै छ । त्यहाँका बासिन्दा पनि सल्लाको झरो बालेर उज्यालोमा बस्न बाध्य छन् । उक्त गाउँका लागि विद्युत् आपूर्ति गर्दै आएको रिपगाड लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई पनि असार १२ र १३ गते आएको बाढी तथा पहिरोले क्षति पु¥याएपछि विद्युत् सेवा बन्द भएको स्थानीयवासी कालीबहादुर महताराले बताए ।

उज्यालोमा बस्न बानी परेका बासिन्दालाई अहिले पुनः पुरानै जमानामा फर्काएको उल्लेख गर्दै उनले विद्युत् सेवा बन्द हुँदा साह्रै कठिन भएको गुनासो गरे । स्थानीयवासीले पहिरोले क्षति पुर्‍याएको २५ किलोवाटको लघुजलविद्युत् आयोजना मर्मतका लागि वडा र गाउँपालिकामा माग गर्दा कुनै सुनुवाइ हुन नसकेको दुखेसो गरे ।

वडा नं ३ का वडाध्यक्ष अकिल कार्कीले धेरै ठूलो क्षति भएका कारण तत्काल मर्मत गर्न कठिन भएको र क्षतिको विवरणसहित पावर हाउस तथा नहर मर्मतका लागि मुचुल्का सरोकारवाला निकायमा पेस गर्ने कार्य भए पनि हालसम्म मर्मत गर्ने निकाय नभेटिएको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  २ : ५७ बजे

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर