तीन हप्तादेखि हुम्लाका रिप र उनापानी गाउँ अन्धकारमा | Khabarhub Khabarhub

तीन हप्तादेखि हुम्लाका रिप र उनापानी गाउँ अन्धकारमा


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हुम्ला- गत साउन १३ र १४ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले विद्युतमा क्षति पुर्‍याउँदा हुम्लाको मध्य भेगमा रहेका दुई गाउँबासी अन्धकारमा बस्दै आएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा सर्केगाड गाउँपालिका–२ को रिप र वडा नं ३ को उनापानी गाउँका बासिन्दाले अहिले उज्यालोका लागि सल्लाको दियालोको भर पर्नुपरेको छ ।

पहिराले क्षति पुर्‍याएको नहर तथा पावर हाउस हालसम्म मर्मत नहुँदा स्थानीयवासी दियालो बाल्न बाध्य भएका हुन् । विद्युत् हाउस नबन्दा तीन हप्तादेखि वडा नं ३ उनापानी गाउँलेले सल्लाको दियालो बाल्नुपरेको स्थानीयवासी महेश थापाले बताए । यसअघि तीन सय घरधुरीका लागि विद्युत् आपूर्ति गर्दै आएको लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई गत साउन १२ गते आएको पहिरोले क्षति पु¥याएपछि त्यसयता गाउँमा अन्धकार छाएको उनको गुनासो थियो ।

विद्युत् आपूर्ति भइरहेका कारण सोलारको विकल्पसमेत नगरिएकाले हाल जङ्गलबाट सल्लाको झरो टिपेर दियालोको रुपमा बाल्नुपरिरहेको हो । पावर हाउसलाई यति धेरै समयसम्म मर्मत गर्न कसैको ध्यान जान नसकेको र अब कहिले मर्मत हुन्छ भन्ने यकिनसमेत नभएको स्थानीयवासी थापाको भनाइ थियो ।

दुई सय ५० घरधुरी रहेको वडा नं २ को रिप गाउँको समस्या पनि उस्तै छ । त्यहाँका बासिन्दा पनि सल्लाको झरो बालेर उज्यालोमा बस्न बाध्य छन् । उक्त गाउँका लागि विद्युत् आपूर्ति गर्दै आएको रिपगाड लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई पनि असार १२ र १३ गते आएको बाढी तथा पहिरोले क्षति पु¥याएपछि विद्युत् सेवा बन्द भएको स्थानीयवासी कालीबहादुर महताराले बताए ।

उज्यालोमा बस्न बानी परेका बासिन्दालाई अहिले पुनः पुरानै जमानामा फर्काएको उल्लेख गर्दै उनले विद्युत् सेवा बन्द हुँदा साह्रै कठिन भएको गुनासो गरे । स्थानीयवासीले पहिरोले क्षति पुर्‍याएको २५ किलोवाटको लघुजलविद्युत् आयोजना मर्मतका लागि वडा र गाउँपालिकामा माग गर्दा कुनै सुनुवाइ हुन नसकेको दुखेसो गरे ।

वडा नं ३ का वडाध्यक्ष अकिल कार्कीले धेरै ठूलो क्षति भएका कारण तत्काल मर्मत गर्न कठिन भएको र क्षतिको विवरणसहित पावर हाउस तथा नहर मर्मतका लागि मुचुल्का सरोकारवाला निकायमा पेस गर्ने कार्य भए पनि हालसम्म मर्मत गर्ने निकाय नभेटिएको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  २ : ५७ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक