पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाउने समय थप « Khabarhub

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाउने समय थप


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ देखि १५ वर्षभित्रका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समय थप गरिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले खोप लगाउने अभियान असोज १० गतेसम्मका लागि थप गरिएको जनाएको छ ।

लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले समय थपिएको खोप शाखाले जनाएको छ । १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीहरुको संख्या साढे तीन लाख रहेको छ ।

यसअघि हिजोसम्मका लागि थप गरिएको समयमा शोक बिदा, तीज बिदा, शिक्षक आन्दोलनलगायतका कारण खोप अभियान प्रभावित बनेको थियो ।

सरकारले गत भदौ २७ गतेदेखि कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा ‘एचपीभी खोप उपलब्ध गराएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : ३५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा