पाकिस्तानको साक्षरता दर ओरालो लाग्दै « Khabarhub

पाकिस्तानको साक्षरता दर ओरालो लाग्दै


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको साक्षरता दर ओरालो लाग्दै गएको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पछिल्लो जनगणनामा मुलुकको साक्षरता दर घटेको पाइएको हो ।

पाकिस्तानी शिक्षासचिव वसिम अजमल चौधरीका अनुसार मुलुकको साक्षरता दर ५९ दशमलब ३ प्रतिशत रहेको छ । सन् २०२३ मा सम्पन्न जनगणनालाई आधार मानेर मुलुकको साक्षरता दर निर्धारित गरिएको उनको भनाइ छ ।

यसअघि सन् २०२२–२३ को आर्थिक सर्वेक्षणमा पाकिस्तानको साक्षरता दर ६२ दशमलब ८ प्रतिशत रहेको अनुमान गरिएको थियो । यद्यपि अघिल्लो जनगणनाको तुलनामा भने मुलुकको साक्षरता दर बढेको उनको भनाइ छ ।

उनका अनुसार मुलुकको पञ्जाब प्रान्तको साक्षरता दर ६६ दशमलब १ प्रतिशतबाट बढेर ६६ दशमलब ३ प्रतिशत पुगेको छ । त्यसैगरी, सिन्ध प्रान्तको साक्षरता दर ६१ दशमलब १ प्रतिशतबाट बढेर ६६ दशमलब ८ प्रतिशत पुगेको छ भने बलुचिस्तानको साक्षरता दर ५३ दशमलब ९ प्रतिशतबाट बढेर ५४ दशमलब ५ प्रतिशत पुगेको छ ।

त्यसैगरी, खैबर पख्तुनख्वाको साक्षरता दर ५२ दशमलब ४ प्रतिशतबाट ५५ दशमलब १ प्रतिशत पुगेको छ । मुलुकको ४० प्रतिशत जनसङ्ख्या अझै निरक्षर रहेकाले यसलाई सन्तोषजनक मान्न नसकिने शिक्षासचिव चौधरीको भनाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १२ : ३९ बजे

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा