पाकिस्तानको साक्षरता दर ओरालो लाग्दै « Khabarhub

पाकिस्तानको साक्षरता दर ओरालो लाग्दै


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको साक्षरता दर ओरालो लाग्दै गएको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पछिल्लो जनगणनामा मुलुकको साक्षरता दर घटेको पाइएको हो ।

पाकिस्तानी शिक्षासचिव वसिम अजमल चौधरीका अनुसार मुलुकको साक्षरता दर ५९ दशमलब ३ प्रतिशत रहेको छ । सन् २०२३ मा सम्पन्न जनगणनालाई आधार मानेर मुलुकको साक्षरता दर निर्धारित गरिएको उनको भनाइ छ ।

यसअघि सन् २०२२–२३ को आर्थिक सर्वेक्षणमा पाकिस्तानको साक्षरता दर ६२ दशमलब ८ प्रतिशत रहेको अनुमान गरिएको थियो । यद्यपि अघिल्लो जनगणनाको तुलनामा भने मुलुकको साक्षरता दर बढेको उनको भनाइ छ ।

उनका अनुसार मुलुकको पञ्जाब प्रान्तको साक्षरता दर ६६ दशमलब १ प्रतिशतबाट बढेर ६६ दशमलब ३ प्रतिशत पुगेको छ । त्यसैगरी, सिन्ध प्रान्तको साक्षरता दर ६१ दशमलब १ प्रतिशतबाट बढेर ६६ दशमलब ८ प्रतिशत पुगेको छ भने बलुचिस्तानको साक्षरता दर ५३ दशमलब ९ प्रतिशतबाट बढेर ५४ दशमलब ५ प्रतिशत पुगेको छ ।

त्यसैगरी, खैबर पख्तुनख्वाको साक्षरता दर ५२ दशमलब ४ प्रतिशतबाट ५५ दशमलब १ प्रतिशत पुगेको छ । मुलुकको ४० प्रतिशत जनसङ्ख्या अझै निरक्षर रहेकाले यसलाई सन्तोषजनक मान्न नसकिने शिक्षासचिव चौधरीको भनाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १२ : ३९ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।