कञ्चनपुरमा एक वृद्धको हत्या, एक जना पक्राउ « Khabarhub

कञ्चनपुरमा एक वृद्धको हत्या, एक जना पक्राउ


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुरका ६५ वर्षीया नारुदेवी जोशीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

गत कात्तिक १९ मा घर नजिकै मृत भेटिएका जोशीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज स्थानीय महेश डगौरालाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी जोशीको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएपछि डगौरालाई सार्वजनिक गरिएको बताए । ‘डगौरा लागूऔषध प्रयोगकर्ता समेत रहेछन् उनले नारुदेवी एक्लै घाँस काटन जङ्गल जाने क्रममा देखेपछि पिछा गर्दै गएको पुष्टि भएको छ ।’ प्रहरी उपरीक्षक थापाले भने, ‘डगौराले घाँस काटिदिन्छु भन्दै घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन ।’ 

वृद्धको हत्यापछि सुन लुटपाट गरेको र सुन बिक्रीका लागि धनगढी पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘यसअघि डगौराले साइकल चोर्ने र लुटपाट गर्ने गरेको देखियो’, उनले भने, ‘वृद्धको हत्या गरी कान, नाकमा लगायतका तीन थान गहना तीन पसलमा बिक्री गरेको देखियो ।’ उनले हत्या गरेकै दिन डगौराले सुन बिक्री गरेर धनगढीदेखि नेपालगञ्ज हुँदै मुम्बई बैङ्गलोर भागेको बताए। धनगढीका तीन पसलमा ४६ हजारको सुन बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । वृद्धको हत्यापछि एक दशमलव ५० आनाको फुली, एक दशमलव ६९ को मुन्द्रा र दुई दशमलव ७०० आनाको अर्को मुन्द्रा लुटपाट भएको थियो ।

नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बिक्री गर्न सहयोग पुगाउने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन खरिद गर्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतिलाई आज कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले आपतमा सुन बिक्री गर्नुपरेको बताएका थिए ।

 प्रहरी उपरीक्षक थापाले पाँच जनाविरुद्धमा फरक फरक मुद्दा आकर्षित हुने बताए। महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसलधनी विरुद्धमा गैर कानुनी सुन खरिद बिक्रीको मुद्दा लगाउने तयारी गरेको प्रहरीले छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  २ : २९ बजे

महावीर-सुधनको शपथमा पानी बन्यो बाधक

काठमाडौं- सुधन गुरुङ र महावीर पुनले मन्त्रीको शपथ लिने गरी राष्ट्रपतिको

बादल संयोजक रहेको चुनावी समीक्षा समितिको सदस्यसचिवमा शंकर

काठमाडौं- उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको नेकपा एमालेको चुनावी

हामी दुई भाइ फेरि मन्त्री (तस्बिरहरू)

काठमाडौं- गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरुङ गृहमन्त्री

बालेनले जवाफ नदिएपछि थप रणनीति तय गर्न कांग्रेस दलको कार्यालयमा जुटे विपक्षी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्‍मा आएर जवाफ दिन तयार नभएपछि

बीमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

चितवन– ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा पाइन्छ