दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा महेश बस्नेत र दुर्गा प्रसाईँको शक्ति प्रदर्शन, प्रसाईँको हावा खुस्कियो, अब प्रधानमन्त्री नसच्चिए सडकमा ल्याउँछौ : महेश बस्नेत, सिंहदरबार र संसद् कब्जा गर्ने प्रसाईँको चेतावनी, नवनियुक्त मुख्य न्यायाधीशहरूद्वारा शपथ ग्रहण, टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहाविरुद्ध कारण देखाउ आदेश, ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृतलगायतका समाचारले प्रमुख स्थान पाए  । 

महेश बस्नेत र दुर्गा प्रसाईँको शक्ति प्रदर्शन
विहीबार राजधानीमा आयोजित प्रदर्शनमा महेश बस्नेतले धेरै मानिस जम्मा पार्लान् या दुर्गा प्रसाईँले रु यो प्रश्न धेरैको मनमा थियो । यही हिसाब निकाल्न खबरहबको टोली दिउँसो १ बजेतिर काठमाडौंको तीनकुने पुग्यो । जहाँ युवा संघका नेताहरु चर्को भाषण गरिरहेका थिए । भाषणमा उनीहरुले दुर्गा प्रसाईँलाई गाली गरिरहेका थिए ।

प्रसाईंको हावा खुस्कियो, अब प्रधानमन्त्री नसच्चिए सडकमा ल्याउँछौ  : महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुसँग निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले आज दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे ।

सिंहदरबार र संसद् कब्जा गर्ने प्रसाईंको चेतावनी
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशमा बस्ने वातावरण नहुँदा दसैंको मुखमा पनि नेपालीहरु विदेश जान बाध्य भएको बताएका छन् ।

आज काठमाडौंको बल्खुमा गरिएको प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको शासन व्यवस्थाका कारण दसैंको मुखमा पनि देश छोड्नु परेको बताए ।

सरकारद्वारा युद्धविरामको स्वागत
सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।

मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर स्वागत गरेको हो ।

नवनियुक्त मुख्य न्यायाधीशहरूद्वारा शपथ ग्रहण
उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीश नियुक्ति सिफारिस गरेको थियो।

टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहाविरुद्ध कारण देखाउ आदेश
सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने निर्णयविरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत
सरकारले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ समितिमा चार जना थपिए
सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा चार जनाको दरबन्दी थप गरिएको छ ।

बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चार जना कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको हो ।

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप
काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच घम्साघम्सी हुँदा अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाईँ समूहले प्रदर्शन गरिँदा प्रहरीसँग उक्त झडप भएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन मिति तोक्न सरकारलाई परामर्श
निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ ।

ऋण लिएर तिर्दिनँ भन्न कसैलाई छुट छैन : अर्थमन्त्री
अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिनँ भन्ने छुट कसैलाई नभएको बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिनँ भन्न नपाउने बताए ।

गणतन्त्रविरुद्ध लाग्नेप्रति सरकार सतर्क : शशांक कोइराला
नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारेका छन्।

नेपाल प्रहरीका १३ एसएसपीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी)को सरुवा गरिएको छ ।

बिहीबार गृहमन्त्रीस्तरीय निर्णयले जनपद प्रहरी समूहतर्फका एसएसपीहरूको सरुवा गरिएको हो ।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई कैद, एक जनालाई सफाइ
जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ ।

चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ९ : ०० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा