वीरगञ्ज प्लेअफबाट बाहिरियो   « Khabarhub

वीरगञ्ज प्लेअफबाट बाहिरियो  


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शनिबार वीरगञ्ज युनाईटेड बुटवल लुम्बिनीसँग पराजित भएको छ । 

दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले लुम्बिनीसँग १–० को हार ब्यहोरेको हो । वीरगञ्जलाई हराउन बुटवलका लागि इन्जुरी समयमा चन्दन दासले विजयी गोल गरे । बुटवलसँग हारेको वीरगञ्ज प्लेअफको दौडबाट बाहिरिएको छ । 

बुटवललाई हराउँदै प्लेअफमा स्थान पक्का गर्ने अवसर वीरगञ्जसँग थियो । तर लिग चरणको अन्तिम खेलमा वीरगञ्जले जित निकाल्न सकेन । 

वीरगञ्जको हारसँगै त्यसको फाइदा ललितपुर, काठमाडौं र झापालाई पुगेको छ । वीरगञ्जको हारले ललितपुरले प्लेअफमा लगभग स्थान पक्का गरेको छ । 

वीरगञ्ज ८ अंक सहित तालिकाको आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : ३४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति