दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, मानव अङ्गदान र प्रत्यारोपणमा योगदान गर्न प्रधानमन्त्रीको अपिल ,समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड , मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्छ : देउवा, प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्ने महामन्त्री शर्माको चेतावनीलगायतका समाचारले प्रमुख स्थान पाए ।

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार


पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।

पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो ।

मानव अङ्गदान र प्रत्यारोपणमा योगदान गर्न प्रधानमन्त्रीको अपिल


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई योगदान गर्न अपिल गरेका छन् ।

शनिबार काठमाडौंमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताए ।

समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड


राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन्।

नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको भन्दै परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

पार्टीभित्र एकता भए बहुमत ल्याउन कांग्रेसलाई कसैले रोक्न सक्दैन :अर्थमन्त्री


नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औंल्याएका छन् ।

 

शनिबार बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता एवम् मन्त्री डा. महतले पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी रहेको बताएका छन् ।

प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्ने महामन्त्री शर्माको चेतावनी
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानुनहरू निर्माण नगरे आफूहरू पनि सिंहदरबार घेर्न जाने बताएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देन हङकङ प्रस्थान
राप्रपा अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देन आज बिहान हङकङ प्रस्थान गरेका छन्।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा त्यहाँ आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्न र हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्।

गणतन्त्रको विकल्पमा राजतन्त्रको वकालत गर्नु गलत : उपमहासचिव पुन
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना(मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताएका छन् ।

नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुन सक्छ तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने उनले बताए।

राजनीतिक धुव्रिकरण आवश्यक: महासचिव पोखरेल
नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले राजनीतिक धुव्रिकरण आवश्यक रहेको बताएका छन् ।

ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताए ।र्टीहरूको विकल्प अझ राम्रो पार्टी हुन सक्छ तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने उनले बताए।

उखु कृषकलाई अनुदानबापत ८० करोड भुक्तानी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत  ८० करोड रकम भुक्तानी गरेको छ ।

गत आर्थिक वर्ष २०७९-८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ०१ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको

लोसपाद्वारा विभिन्न पार्टीसँग संवादका लागि समिति गठन

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं