संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने « Khabarhub

संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन् । 

‘मेरो क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर यहाँ सुनाउने भयो माननीय सदस्यले,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘मेरो ध्यानाकर्षण भएको छ । मन्त्रिमण्डल बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दललाई  हुन्छ । तर, मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिकरूपले र कानुनी रूपले पनि हुन सक्दैन ।’ 

संघीयता खारेजीसम्बन्धी अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : ०८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति