`पिंजडा´ अन्ततः भत्किने भयो ! : महामन्त्री शर्मा « Khabarhub

`पिंजडा´ अन्ततः भत्किने भयो ! : महामन्त्री शर्मा


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘पिंजडा’ भत्किन लागेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘पिंजडा’ अन्ततः भत्किन लागेको उल्लेख गरेका छन् । राष्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने विषयमा बहुमत दलहरूले सर्वसम्मत निर्णय गरेको जानकारी दिँदै महामन्त्री शर्माले पिंजडा भत्किन लागेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,- ‘`पिंजडा´ अन्ततः भत्किने भयो ! रास्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय !’

यसअघि गत माघ ५ गते बसेको प्रतिनिधिसभाको बैठकमा महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पिंजडामा राख्न खोजेको’ टिप्पणी गरेका थिए ।

त्यसअघि अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको टिप्पणी गरेका थिए । ओलीको सोही टिप्पणीको जवाफमा आफूहरुले ढोक्सा थापेको नभइ ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ५४ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको