फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो | Khabarhub Khabarhub

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा- फेवाताल किनारमा अव्यवस्थित रूपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गा धनी र चालकको पहलमा  निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । उनले भने, ‘जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छौँ, अब समस्या समाधान हुन्छ ।’

उनले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीय स्थल भएकाले पनि तालको सौन्दर्यमा ध्यान दिन आवश्यक रहेको बताए । उनका अनुसार अहिले पुराना डुङ्गा व्यवस्थापनका लागि दैनिक १०/१२ जना डुङ्गा चालक र डुङ्गाधनीको सक्रियता रहेको छ । हालसम्म १५ डुङ्गा ताल भित्रबाट  बाहिर निकाल्ने कार्य भएको छ ।

उनले तालमा प्लास्टिकका बोतल, चाउचाउका खोल लगायतका सामग्री नफाल्न र त्यसको व्यवस्थापनका लागि पनि काम भएको जानकारी दिए। योसँगै ताल पारी रानीवनको फेदमा विभिन्न फलफूलसहित अन्य बोटबिरुवा लगाएर ताल संरक्षण र सुन्दरतामा सङ्गठनले काम गरेको पनि उनको भनाइ छ ।

स्थानीय डुङ्गा चालक एवम् सङ्गठनका पूर्व अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सात सय ६७ डुङ्गा सञ्चालित छन् । आठ घाटबाट सञ्चालित डुङ्गामध्ये वाराही घाटबाट तालबाराही मन्दिरको दर्शन गर्न जाने भएकाले यस घाटमा दैनिक झन्डै दुई सय बढी डुङ्गा मन्दिर पुग्ने गर्दछन् ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित व्यवसायीबाट व्यवस्थापन सुरु भएको जानकारी दिए । व्यवस्थापनमा समस्या आएमा वडाले पनि आवश्यक सहयोग र समन्वय गर्ने उनको भनाइ छ ।

अध्यक्ष भट्टराईले फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक गन्तव्य भएकाले यसको संरक्षण र सुन्दरतामा वडाले विशेष चासो दिएर सरसफाइमा ध्यान दिएको तथा योसँगै ताल छेउछाउका व्यवसायीले पनि यस विषयमा सतर्क हुनुपर्ने बताए । उक्त मुख्य स्थानमा सरसफाइका लागि दुई जना राखेर नियमित सफाइ कार्य गरेको र ‘हाम्रो सफा वैदाम’ अभियानमार्फत पनि ताल सरसफाइ तथा संरक्षणको पहल गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १२ : ३७ बजे

हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान

गण्डकी– ‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आएको हाइकर्स

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

ढोरपाटन– हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान

सम्हालिँदै अर्थतन्त्र, अधिकांश आर्थिक सूचक सकारात्मक

काठमाडौं– कांग्रेस–एमालेको गठबन्धन सरकारले एउटा आर्थिक वर्षको बजेट पूरै कार्यान्वयन

महिलामाथि घृणात्मक भाषाको बढ्दो प्रयोग

नेपालको सामाजिक संरचनामा परम्परागत पितृसत्तात्मक सोचले गहिरो रूपमा जरा गाडेको

इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको