तनहुँमा रास्वपा अगाडि : नौ हजार गणना हुँदा वाग्लेलाई ५०१९ मत « Khabarhub

तनहुँमा रास्वपा अगाडि : नौ हजार गणना हुँदा वाग्लेलाई ५०१९ मत


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् ।

नौ हजार बढी मतगणना हुँदा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।

निर्वाचन आयोगका अनुसार वाग्लेले पाँच हजार १९ मत पाएका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भट्टराईले २३ सय ५१ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले १४ सय ४९ मत पाएका छन् ।

आयोगका अनुसार अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको छ । राति साढे १२ बजेबाट मतगणना सुरु भएको हो । अहिलेसम्म पाँच वटा वडाको मत गणना सकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ४६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार