यौन दुर्व्यवहार गरेको आरोपमा प्राध्यापक पक्राउ « Khabarhub

यौन दुर्व्यवहार गरेको आरोपमा प्राध्यापक पक्राउ


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसका एक प्राध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् ।

एसपीए क्याम्पसमा प्ल्सटु अन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ । छात्राहरूलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुरा गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

सोही विषयलाई लिएर पीडित छात्राहरूका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ४८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको