निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन « Khabarhub

निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्तिमा जारी गरी पाँच हजार पाँच सय ६१ जना उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका अथवा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न सकिनसमेत आयोगको उक्त विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलका तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, टिवटर, इन्स्टाग्राम)बाट पनि सार्वजनिक गर्न सक्ने आयोगले निर्णय गरेको छ । यसरी सार्वजनिक गरेको प्रमाणसहितको जानकारी सम्बन्धित उम्मेदवारहरुले आ–आफ्नो प्रदेश÷जिल्ला निर्वाचन कार्यालयलाई दिनुपर्ने निर्णय भएको आयोगद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस सम्बन्धमा आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने दुई हजार तीन सय ७३ जना उम्मेदवार र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दिई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने तीन हजार एक सय ८८ जना उम्मेदवारहरु सात दिनको म्याद दिई खर्च विवरण सार्वजनिक गर्न यही वैशाख ६ गते निर्देशन दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : २० बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन