कुवेतमा एक नेपाली अचेत अवस्थामा उपचाररत  « Khabarhub

कुवेतमा एक नेपाली अचेत अवस्थामा उपचाररत 


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि कुवेत पुगेका एक नेपाली अचेत अवस्थामा अस्पतालमा फेला परेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार  नवलपरासी सुस्ता पूर्व देवचुली-२ का ३८ वर्षीय ओमप्रकाश चौधरीको त्यहाँको फर्वानिया अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ।

कुवेतको अल आहमदिया जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा हेभी ड्राइभरको रुपमा कार्यरत चौधरी विगत ८ महिना अघि मात्र कुवेत पुगेका थिए।

उच्च रक्तचापको कारण उनको हार्ट स्ट्रोक भएको र गत मे ११ तारिखका दिन हस्पिटल पुगेको एनआरएनएले जनाएको छ। अहिले उनलाई भेन्टिलेटरद्वारा श्वास प्रश्वास गराइरहेको बताइएको छ।

डाक्टरका अनुसार उनको अवस्था गम्भीर रहेको छ। हाल उनको फर्वानिया अस्पतालको वार्ड २८ मा उपचार भइरहेको संघले जनाएको छ।

सोमबार एनआरएनए कुवेतका अध्यक्ष रनध्वोज लामाको टोली उनको अवस्था बुझ्न अस्पताल पुगेको र अध्यक्ष लामाले उनको अवस्थाबारे त्यहाँस्थित नेपाली दूतावासलाई पनि जानकारी गराएको संघले जनाएको छ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : ४९ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न