रूपन्देहीबाट मदिराको अवैध कारोबार गर्ने दुई जना पक्राउ « Khabarhub

रूपन्देहीबाट मदिराको अवैध कारोबार गर्ने दुई जना पक्राउ


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी मदिराको अवैध कारोबार गर्ने दुई युवालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय मूख्तार पठान र सोही ठाउ बस्ने २८ वर्षीय नवीन पन्थी रहेका छन् ।

प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन ओक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्यक चिम्नी ब्राण्डको १ बोतल  नक्कली मदिरा बरामद गरेको छ । यस्तै प्रहरीले यी दुवैबाट ५ सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको केसीले बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्रान्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा बिक्री वितरण गर्ने गरेका थिए ।

बजारमा नक्कली मदिरा बिक्री भएको गुनासो बढेपछि मदिरा व्यवसायी संघले यस विषयमा चासो राखेको थियो । ‘बुझ्दै जादा नक्कली मदिरा बिक्री वितरणमा यी दुई युवाहरूको संलग्नता देखियो’ मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशव ज्ञवालीले भने, ‘लुम्बिनी भैरहवा सडकमा रहेको बेथरीको एक होटलबाट उनिहरुद्वारा बिक्री गरिएको मदिरा फेला परे पछि प्रहरीको सहयोगमा उनिहरुलाई पक्राउ गरिएको हो ।

सिग्नेचर, ओल्ड दरवार, एटएटफोएट ब्राण्डका रक्सीहरु बजारमा अभाव भइरहेको समयमा विभिन्न होटलहरूमा सोही रक्सीहरू सस्तो मुल्यमा बिक्री भइरहेको भन्ने सूचना पाएपछि यहाँका मदिरा व्यवसायी यसको निगरानीमा लागेका थिए । सोही क्रममा करिव ३३ हजार रुपैयाँ बराबरको अवैध रक्सी, नक्कली स्टिकर र सक्कली रक्सीका खाली बोटल बरामद गरी प्रहरीलाई बुझाएका हुन् ।

यस भन्दा पहिला पनि यस्तै गिरोहलाई नक्कली मदिराको कारोबार गरेको भेट्टाएको यति डिस्ट्रिलरीका क्षेत्रीय बिक्री प्रबन्धक प्रितम गिरीले बताए । यस्तो गिरोहले ब्रान्डेड रक्सीमा पानी वा तल्लो स्तरको मदिरा मिसाई बेच्ने गरेको उनको भनाई छ । 

पक्राउ परेका दुवै आरोपीलाई बरामद समान सहित थप कारबाहीको लागि भैरहवाको आन्तरिक राजस्व कार्यालयमा बुझाउने प्रहरी निरीक्षक किशोर केसीले बताए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ६ : २९ बजे

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी