‘ए ढाक्रे दाइ’ साउन ५ गतेबाट प्रदर्शनमा आउने « Khabarhub

‘ए ढाक्रे दाइ’ साउन ५ गतेबाट प्रदर्शनमा आउने


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘ए ढाक्रे दाइ’ आगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रका निर्देशक निरञ्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक विषयलाई चलचित्रमा उतारेको बताए बताए ।

‘त्यतिबेला पहाडतिरबाट एक दुई महिना हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडिबुटी, घिउ, भटमास बेचेर नुन, तेल, लत्ता कपडालगायतका अत्यावश्यक सामग्रीहरू किनेर लान्थे,’ निर्देशक कसजूले भने, ‘हाम्रा अग्रजहरूले खेपेको सोही दुःखकष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’

उनले अहिलेको पुस्तामाझ तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई देखाउन चाहेको खुलाए ।

चलचित्रमा ध्रुप कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजा लगायतले अभिनय गरेका छन् । सुमन थापा र विनोद चौधरीको छायांकन रहेको चलचित्रमा सुरेश सेन्चुरीकाे संगीत, एनकेएम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । 

युनिक मुभिजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको चलचित्रको सम्पादन विजय पोखरेल र विनोद चौधरीले गरेका हुन् । फिल्मको बितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ५६ बजे

आईपीएल : पञ्जाबविरुद्ध डी ककको अर्धशतक, ह्याट्रिकबाट चुके अर्शदीप

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत २४ औँ

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

काठमाडौं – सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले

पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता

तेहरान – पाकिस्तानी मध्यस्थकर्ताहरूले संयुक्त राज्य अमेरिका र इजरायलसँगको युद्ध

सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता

काठमाडौं – सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता