अमेरिकाले लडाकु विमानको इन्जिन भारतमा बनाउने « Khabarhub

अमेरिकाले लडाकु विमानको इन्जिन भारतमा बनाउने


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकाले लडाकु जेटको विमानको इन्जिन भारतमा बनाउने भएको छ ।

अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।

अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसलाई सैन्य क्षेत्रमा दुई देश बीचमा ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एरोनोटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।

मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीचको भेटवार्ता पछि दुबै देशका कम्पनीका बीचमा सम्झौता भएको हो । अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन् ।

मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : ५० बजे

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला