प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिव र बंगलादेशकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै « Khabarhub

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिव र बंगलादेशकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

इटालीको रोममा भइरहेको राष्ट्रसंघीय सम्मेलनको साइडलाइनमा उनले गुटेर्रेस र हसिनासँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालसँग खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले रोममा रहँदा मंगलबार गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : ५६ बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर