आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायत शिवालयमा भक्तजनको भीड | Khabarhub Khabarhub

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायत शिवालयमा भक्तजनको भीड


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । पशुपति क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन्।

सोमबारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेको पनि उनले जानकारी दिए ।

यसैबीच साउने सोमबारका अवरमा आज बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पूजा, आरधना एवं दर्शन गरेको कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । जसका कारण गत हप्ताअर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ ।

पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघटे पनि सोमबारको व्रत बस्ने महिलाको सङ्ख्या भने कम देखिएको महाशाखा प्रमुख पराजुलीले बताए ।

यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन् । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् ।

प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भीड देखिन्छ । काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ३२ बजे

यसपालि आगलागीको जोखिम बढ्नसक्ने, सचेत हुन आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन यही माघ २१ गतेका लागि आह्वान

सहिद परिवारसँग भेटघाटमा अध्यक्ष प्रचण्ड

तुलसीपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष