इटालीमा प्रधानमन्त्रीको भाषण- शैक्षिक सुधार गर्न खाजा कार्यक्रम प्रभावकारी, ३३ लाख लाभान्वित « Khabarhub

इटालीमा प्रधानमन्त्रीको भाषण- शैक्षिक सुधार गर्न खाजा कार्यक्रम प्रभावकारी, ३३ लाख लाभान्वित


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखिएकाले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट बढाएको बताएका छन् ।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय खाजा कार्यक्रम मार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउदै लगिएको जानकारी दिएका हुन् ।  उनले यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको क्षमतालाई पनि सुदृढ गर्दै निरन्तर रुपमा उक्त कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने धारणा राखे । उनले खाद्य प्रणाली रूपान्तरणका लागि रणनीतिक योजना बनाएको जानकारी पनि गराए ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ गएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ३१ बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर