‘संघीय गणतन्त्रप्रति जनता सन्तुष्ट छैनन्’ « Khabarhub

‘संघीय गणतन्त्रप्रति जनता सन्तुष्ट छैनन्’


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय गणतन्त्रको एक कार्यकालबाट जनता खुशी नभएको बताएका छन्।

केन्द्रीय समिति बैठकमा बोल्दै उनले संघीय गणतन्त्रको पहिलो कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट नभएको बताए। पहिलो कार्यकालका चार वटा बजेट एमालेले ल्याएको र पछिल्लो बजेट गठबन्धनले ल्याएको बताउँदै संविधानले मौलिक अधिकारको रुपमा स्थापित गरेका विषयलाई कार्यान्वयन गर्नुपर्ने उनले बताए। 

बैठकमा बोल्दै पार्टीको केन्द्रीय समितिको बैठकले आम सरोकारका विषयमा पार्टीले धारणा बनाउनुपर्ने उनको भनाइ थियो। पार्टीका कार्यक्रम कार्यान्वयन गर्दा प्रदेशको महत्वलाई नबिर्सन सुझाव दिँदै उनले पार्टीका कार्यक्रम गर्दा कार्यकर्तालाई व्यापक रुपमा जिम्मेवारी कार्यक्रम गर्न आग्रह गरेका छन्।

सिटौलाले बैंकको ब्याज महँगो भयो भनेर आन्दोलन हुन थालेको भन्दै यसमा पार्टीको धारणा मागेका थिए। उनले संविधानले व्यवस्था गरेको संघीय लोकतन्त्रका बारेमा पार्टीको प्रतिबद्धता आउनु पर्ने विचार राख्दै संविधानले व्यवस्था गरे अनुसारका कानुनहरू तत्काल बनाउनुपर्ने बताएका थिए।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ५ : ३८ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित