घरमा मनि प्लान्ट किन र कुन दिशामा रोप्ने ?  « Khabarhub

घरमा मनि प्लान्ट किन र कुन दिशामा रोप्ने ? 


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.1k
Shares
  • change font
  • change font
  • change font

हामीले जहिले सुन्दै आएको भनाई घरभित्र मनि प्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । नेपाली समाजमा जति–जति मनि प्लान्ट हुर्किन्छ, फैलन्छ त्यति नै घरमा समृद्धि र पैसा भित्रिन्छ भन्ने मान्यता छ ।

के तपाई पनि मनि प्लान्ट रोप्न तयारी गर्दै हुनुहुन्छ । के हो त मनि प्लान्ट ? मनि प्लान्ट, खासमा एक लहरे प्रजातिको वनस्पति हो । यो प्लान्ट इनडोर अर्थात् घरभित्रै रोप्न मिल्ने बिरुवा हो । मनी प्लान्ट पानी र माटो दुबैमा रोप्न सकिन्छ । के मनी प्लान्ट फैलियो भने घरमा समृद्धि भित्रिन्छ त ?

वास्तु शास्त्र अनुसार यसलाई घरमा या अफिसमा राख्ने हो भने सकारात्मक नतिजा आउन सक्दछ । मनी प्लान्टको बिरुवा घर सजाउन र शुभ सङ्केतको लागि राख्ने गरिन्छ ।

वास्तु शास्त्रको अनुसार यदि मनी प्लान्टलाई गलत दिशामा राखिएको छ भने लाभ हुनुको सट्टा नोक्सान हुन थाल्दछ । यसबाट घरको आर्थिक स्थितिमा निकै नराम्रो असर पर्न सक्छ । त्यसैले यसलाई रोप्दा सही दिशामा रोप्नु पर्छ । त्यसैले वास्तु शास्त्र अनुसार मनी प्लान्टलाई रोप्दा जहिले पनि दक्षिण पूर्वमा राख्नु राम्रो हुन्छ । किनकि यो दिशा भगवान् गणेशको हो र यस दिशाको प्रतिनिधि शुक्र ग्रह हो । मनी प्लान्टलाई उत्तर–पूर्व दिशामा राख्नाले आर्थिक नोक्सानको सम्भावना बढ्ने गर्दछ । यसको साथै सम्बन्धमा पनि नकारात्मक असर पर्ने गर्दछ ।

मनी प्लान्टलाईलाई पूर्व–पश्चिम दिशामा पनि राख्नु हुँदैन । यस दिशामा मनी प्लान्ट लगाउनाले पति–पत्नीको सम्बन्धमा तनाव आउने गर्दछ । र मनी प्लान्टलाई ओइलाउन नदिन दैनिक मात्रामा पानी हाल्नु पर्छ । र यसलाई भुईँतिर झार्न अथवा फैलिन दिनु हुँदैन । यसलाई सधैँ घरको माथितिर लगाउनु पर्दछ ।

वास्तु शास्त्र अनुसार कुनै बखत मनी प्लान्टको पातहरू समय समयमा सुक्दै जान्छन् । त्यस्तो सुख्खा पातहरू हटाउनु पर्दछ । यदि मनी प्लान्टमा यी सुक्खा पातहरू छोडिन्छ भने, यसलाई दुर्भाग्य र सङ्कटको आगमनको प्रतीक मानिन्छ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : ५४ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला