घरमा मनि प्लान्ट किन र कुन दिशामा रोप्ने ?  | Khabarhub Khabarhub

घरमा मनि प्लान्ट किन र कुन दिशामा रोप्ने ? 


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.1k
Shares
  • change font
  • change font
  • change font

हामीले जहिले सुन्दै आएको भनाई घरभित्र मनि प्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । नेपाली समाजमा जति–जति मनि प्लान्ट हुर्किन्छ, फैलन्छ त्यति नै घरमा समृद्धि र पैसा भित्रिन्छ भन्ने मान्यता छ ।

के तपाई पनि मनि प्लान्ट रोप्न तयारी गर्दै हुनुहुन्छ । के हो त मनि प्लान्ट ? मनि प्लान्ट, खासमा एक लहरे प्रजातिको वनस्पति हो । यो प्लान्ट इनडोर अर्थात् घरभित्रै रोप्न मिल्ने बिरुवा हो । मनी प्लान्ट पानी र माटो दुबैमा रोप्न सकिन्छ । के मनी प्लान्ट फैलियो भने घरमा समृद्धि भित्रिन्छ त ?

वास्तु शास्त्र अनुसार यसलाई घरमा या अफिसमा राख्ने हो भने सकारात्मक नतिजा आउन सक्दछ । मनी प्लान्टको बिरुवा घर सजाउन र शुभ सङ्केतको लागि राख्ने गरिन्छ ।

वास्तु शास्त्रको अनुसार यदि मनी प्लान्टलाई गलत दिशामा राखिएको छ भने लाभ हुनुको सट्टा नोक्सान हुन थाल्दछ । यसबाट घरको आर्थिक स्थितिमा निकै नराम्रो असर पर्न सक्छ । त्यसैले यसलाई रोप्दा सही दिशामा रोप्नु पर्छ । त्यसैले वास्तु शास्त्र अनुसार मनी प्लान्टलाई रोप्दा जहिले पनि दक्षिण पूर्वमा राख्नु राम्रो हुन्छ । किनकि यो दिशा भगवान् गणेशको हो र यस दिशाको प्रतिनिधि शुक्र ग्रह हो । मनी प्लान्टलाई उत्तर–पूर्व दिशामा राख्नाले आर्थिक नोक्सानको सम्भावना बढ्ने गर्दछ । यसको साथै सम्बन्धमा पनि नकारात्मक असर पर्ने गर्दछ ।

मनी प्लान्टलाईलाई पूर्व–पश्चिम दिशामा पनि राख्नु हुँदैन । यस दिशामा मनी प्लान्ट लगाउनाले पति–पत्नीको सम्बन्धमा तनाव आउने गर्दछ । र मनी प्लान्टलाई ओइलाउन नदिन दैनिक मात्रामा पानी हाल्नु पर्छ । र यसलाई भुईँतिर झार्न अथवा फैलिन दिनु हुँदैन । यसलाई सधैँ घरको माथितिर लगाउनु पर्दछ ।

वास्तु शास्त्र अनुसार कुनै बखत मनी प्लान्टको पातहरू समय समयमा सुक्दै जान्छन् । त्यस्तो सुख्खा पातहरू हटाउनु पर्दछ । यदि मनी प्लान्टमा यी सुक्खा पातहरू छोडिन्छ भने, यसलाई दुर्भाग्य र सङ्कटको आगमनको प्रतीक मानिन्छ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ६ : ५४ बजे

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं– नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने प्रतिबद्धता व्यक्त

आईपीएल : आज दिल्ली र लखनउ खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र

तीन दशकपछि तीन खानको चर्चा

साहरुख, सलमान र अमिर खान मध्यको सबै भन्दा धनी साहरुख

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच के भयो कुराकानी ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा

बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल

काठमाडौं –  मंगलबार बिहान ११ बजे संघीय संसद भवनमा नीति