दुबईमा ‘गोर्खा साँझ २०२३’ हुँदै  « Khabarhub

दुबईमा ‘गोर्खा साँझ २०२३’ हुँदै 


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

दोहा– संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ‘गोर्खा साँझ’ नामक वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

युएईलाई कर्म थलो बनाएर बस्ने नेपाली आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई मध्यनजर गर्दै मनोरञ्जन दिन र नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्धनका लागि कार्यक्रम गर्न लागिएको एआरएनए युएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए ।

कार्यक्रम संयोजक मल्ल ठकुरीले बर दुबईस्थित मेट्रो पार्क नजिकै एसके–७ हलमा आगामी अक्टोबर ८ मा दिउँसो २ बजेदेखि सुरु हुने बताए।

कार्यक्रममा कलाकार पल शाहसहित रुबिना अधिकारी, कुलेन्द्र बिक, सुरेश लामा, सुप्रिम मल्ल लगायतका कलाकारको सहभागिता रहने छ ।

सपोर्टेड बाई गैर आवासीय नेपाली संघ यूएईमा कार्यक्रमका लागि विभिन्न संघ संस्थाको सहयोग रहेको बताउँदै उनले कार्यक्रमको प्रमुख अतिथि स्थानीय उद्यमी डा बु अब्दुल्लाह रहने तय भएको बताए ।

धेरै समयको अन्तरालपछि नेपाली श्रमिकहरूको पिर व्यथा भुलाउन कार्यक्रम गर्न लागिएको भन्दै उनले समयमै आफ्नो सिट सुरक्षि राखी गोर्खा साझ २०२३ मा सहभागिता जनाउन अनुरोध गरेका छन् । कार्यक्रम सम्बन्धी बुझ्नु परेमा ०५०१०९०८४४ सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : ३१ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको