दुबईमा ‘गोर्खा साँझ २०२३’ हुँदै  « Khabarhub

दुबईमा ‘गोर्खा साँझ २०२३’ हुँदै 


७ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

दोहा– संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ‘गोर्खा साँझ’ नामक वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

युएईलाई कर्म थलो बनाएर बस्ने नेपाली आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई मध्यनजर गर्दै मनोरञ्जन दिन र नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्धनका लागि कार्यक्रम गर्न लागिएको एआरएनए युएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए ।

कार्यक्रम संयोजक मल्ल ठकुरीले बर दुबईस्थित मेट्रो पार्क नजिकै एसके–७ हलमा आगामी अक्टोबर ८ मा दिउँसो २ बजेदेखि सुरु हुने बताए।

कार्यक्रममा कलाकार पल शाहसहित रुबिना अधिकारी, कुलेन्द्र बिक, सुरेश लामा, सुप्रिम मल्ल लगायतका कलाकारको सहभागिता रहने छ ।

सपोर्टेड बाई गैर आवासीय नेपाली संघ यूएईमा कार्यक्रमका लागि विभिन्न संघ संस्थाको सहयोग रहेको बताउँदै उनले कार्यक्रमको प्रमुख अतिथि स्थानीय उद्यमी डा बु अब्दुल्लाह रहने तय भएको बताए ।

धेरै समयको अन्तरालपछि नेपाली श्रमिकहरूको पिर व्यथा भुलाउन कार्यक्रम गर्न लागिएको भन्दै उनले समयमै आफ्नो सिट सुरक्षि राखी गोर्खा साझ २०२३ मा सहभागिता जनाउन अनुरोध गरेका छन् । कार्यक्रम सम्बन्धी बुझ्नु परेमा ०५०१०९०८४४ सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : ३१ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६