कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एक जना घाइते « Khabarhub

कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एक जना घाइते


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका छन् ।

कुखुरा पालन गरेको ठाउँमा राति कुर्न बसेका तामाङलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।  घाइते तामाङको अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

चितुवा कुखुरा पालन गर्ने खोरभित्र थुनिएको कीर्तिपुर वडानम्बर ४ का कार्यवाहक अध्यक्ष दिनेशचन्द्र दाहालले बताएका छन् । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ गएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ८ : २९ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६