प्रधानमन्त्री प्रचण्डद्वारा गौरा पर्वको शुभकामना  « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा गौरा पर्वको शुभकामना 


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  ‘गौरा पर्व’ का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज एक शुभकामना सन्देश जारी गर्दै  प्रदेश नम्बर ७ तथा कर्णाली लगायतका कतिपय जिल्लामा ऐतिहासिकरुपमा मनाइँदै आएको सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गौरा पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा भनिएको छ– ‘हिमालय पर्वतीय शृङखला अन्तर्गत ऐतिहासिक रूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली तथा भारतको कुमाउ तथा गढवाल क्षेत्रको मुख्य सांस्कृतिक चाडको विशेषता बोकेको गौरा पर्वले सामाजिक एकता तथा सांस्कृतिक अन्तर्घुलनलाई अझै प्रगाढ बनाउन सक्ने छ भन्ने कामना गर्दछु।’

सन्देशमा गौराले सांस्कृतिक ओजलाई झनै बढाउने उल्लेख गर्दै यसबाट सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बन्ने बताइएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : ४१ बजे

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति

म्याग्दी– मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने