गौरा पर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको छ : सभापति देउवा « Khabarhub

गौरा पर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको छ : सभापति देउवा


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री  शेरबहादुर देउवाले गौरा पर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको उल्लेख गरेका छन् ।

सभापति देउवाले गौरा पर्वका अवसरमा आज विज्ञप्ति प्रकाशन गरी सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै यस पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको उल्लेख गरेका छन् ।

उनले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताउँदै गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।

विशेषगरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको उनको भनाइ छ ।

सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  २ : ०८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा