मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउछौँ :मन्त्री बस्नेत « Khabarhub

मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउछौँ :मन्त्री बस्नेत


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ ।

पछिल्ला दिनमा जल तथा मौसमको सूचना सङ्कलनका लागि देशव्यापीरुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको हो ।

जल तथा मौसम विज्ञान विभाग अवलोकन तथा निरीक्षणका लागि पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विभागलाई थप साधन र स्रोतले सम्पन्न बनाएर  मौसम पूर्वानुमानलाई भरपर्दो बनाइने जानकारी दिए । बाढी तथा पहिरोको पूर्वानुमानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति रोकिएको उल्लेख गर्दै  उनले आमजनतामा थप सूचना प्रवाहका लागि विभागले गरिरहेको काम कारबाहीको प्रशंसा गरे ।

हाल विभागले प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सम्बन्धित क्षेत्रको नदी तथा मौसमको सूचना प्रवाह गर्ने गरेको छ । यस्तै बाढी तथा पहिरो पीडित क्षेत्रका नागरिकलाई समेत छोटकरी सन्देश पठाउने गरेको छ ।

यसबाट जनधनको क्षति कम हुन सहयोग पुगेको छ । मन्त्री बस्नेतले जलवायु परिवर्तनका कारण देशव्यापी रुपमा मौसममा अनेक खालका समस्या बढ्दै गएकाले त्यसबाट जोगिन पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

अतिवृष्टि, खण्डवृटि तथा खडेरीजस्ता समस्या बढ्दै गएको अवस्थामा त्यसबाट जोगिन पूर्वतयारी गर्नुपर्ने र यस्ता संस्थालाई थप सबल बनाउनुपर्ने भएकाले सरकार त्यसका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

विभागका महानिर्देशक जगदिश्वरमान कर्माचार्यले पाँच सात वर्ष पहिले मौसम पूर्वानुमान कमजोर भए पनि पछिल्ला दिनमा विश्वसनीय र भरपर्दो रहेको बताए । उनले विभागलाई साधन र स्रोत सम्पन्न बनाउन मन्त्री बस्नेतलाई आग्रह गरेका थिए ।

हाल विभागले दैनिक २४ घण्टाको मौसम पूर्वानुमानको जानकारी दिने गरेको छ । यस्तै तीन दिन र सात दिनकोसमेत पूर्वानुमान गर्ने गरेको छ । विभिन्न छिमेकी देशसँग पनि सहकार्य गरेर पूवर्मानुमानलाई थप भरपर्दो र विश्वसनीय बनाउँदै आएको छ । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  २ : ४४ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का