२६ जुवाडे पक्राउ « Khabarhub

२६ जुवाडे पक्राउ


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानबाट २६ जुवाडे पक्राउ परेका छन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका ९ का ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हाजार ८ सय २५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, सोही नगरपालिका ६ मूलपानीस्थित अमृता मगरको टहरोमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधरमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ७ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ एरिचोकस्थित न्यू पञ्चकोशी दुल्लु खड्का होटलमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ९ सय रूपैयाँ, ५ बुक तास र मोबाइल १५ थानसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  २ : ४७ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार