टीकापुर घटनामा मारिएका १८ महिने नाबालक साउदको सालिक अनावरण | Khabarhub Khabarhub

टीकापुर घटनामा मारिएका १८ महिने नाबालक साउदको सालिक अनावरण


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

टीकापुर- टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा मारिएका नाबालक साउदको सालिक बिहीबार अनावरण गरेकी हुन् ।

नेपालको संविधान जारी हुँदै गर्दा २०७२ भदौ ७ गते थारुहट/थारुवान छुट्टै राज्यको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रुप लिँदा आठ जना सुरक्षाकर्मीसहित  नाबालकको ज्यान गएको थियो ।

सालिक अनावरण गर्दै मन्त्री श्रेष्ठले टीकापुर घटनालाई लिएर बाहिर जेजस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताएकी छिन् । “टीकापुर घटना निकै पीडादायी र दुःखद् थियो । त्यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ”, मन्त्री श्रेष्ठले भनिन्, “अहिले पनि त्यही घटनालाई देखाएर राजनीति गर्नेका कारण शान्त टीकापुरको अशान्तको सन्देश बाहिर पुग्ने गरेको छ । टीकापुरमा अशान्ति छैन, शान्त छ ।”

टीकापुर घटना राजनीतिक उतारचढावका बीच घटेको घटना भएको जनाउँदै मन्त्री श्रेष्ठले टीकापुर क्षेत्रको सामाजिक सद्भाव स्थापनाका लागि सबैले सकारात्मक रुपमा प्रस्तुत हुन आग्रह गरिन् । मन्त्री श्रेष्ठले विकास र समृद्धिका लागि सबैले साझा योजनाका साथ सँगै हातेमालो गर्न आवश्यक रहेको बताइन् ।

“हिजो आफ्ना हक, अधिकार र पहिचानका लागि विभिन्न कालखण्डमा आन्दोलनहरु भए । त्यस्ता कयौँ आन्दोलनबाट प्राप्त उपलब्धिलाई सबै मिलेर संस्थागत गर्नुपर्छ”, मन्त्री श्रेष्ठ भनिन्, “बेमेलले समाजलाई समृद्धि गर्न सकिँदैन । एकता र सद्भावले समृद्धि समाज निर्माण गर्न सकिन्छ ।”

राजनीतिक आस्था र विचार फरकफरक भए पनि सबैको उद्देश्य समृद्ध समाजको निर्माण गर्नु नै भएको भन्दै मन्त्री श्रेष्ठले विचारमा आग्रह पूर्वाग्रह भए पनि विकासमा एकता सधैँ आवश्यक हुने बताइन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ३ : २९ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन