टीकापुर घटनामा मारिएका १८ महिने नाबालक साउदको सालिक अनावरण « Khabarhub

टीकापुर घटनामा मारिएका १८ महिने नाबालक साउदको सालिक अनावरण


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

टीकापुर- टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा मारिएका नाबालक साउदको सालिक बिहीबार अनावरण गरेकी हुन् ।

नेपालको संविधान जारी हुँदै गर्दा २०७२ भदौ ७ गते थारुहट/थारुवान छुट्टै राज्यको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रुप लिँदा आठ जना सुरक्षाकर्मीसहित  नाबालकको ज्यान गएको थियो ।

सालिक अनावरण गर्दै मन्त्री श्रेष्ठले टीकापुर घटनालाई लिएर बाहिर जेजस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताएकी छिन् । “टीकापुर घटना निकै पीडादायी र दुःखद् थियो । त्यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ”, मन्त्री श्रेष्ठले भनिन्, “अहिले पनि त्यही घटनालाई देखाएर राजनीति गर्नेका कारण शान्त टीकापुरको अशान्तको सन्देश बाहिर पुग्ने गरेको छ । टीकापुरमा अशान्ति छैन, शान्त छ ।”

टीकापुर घटना राजनीतिक उतारचढावका बीच घटेको घटना भएको जनाउँदै मन्त्री श्रेष्ठले टीकापुर क्षेत्रको सामाजिक सद्भाव स्थापनाका लागि सबैले सकारात्मक रुपमा प्रस्तुत हुन आग्रह गरिन् । मन्त्री श्रेष्ठले विकास र समृद्धिका लागि सबैले साझा योजनाका साथ सँगै हातेमालो गर्न आवश्यक रहेको बताइन् ।

“हिजो आफ्ना हक, अधिकार र पहिचानका लागि विभिन्न कालखण्डमा आन्दोलनहरु भए । त्यस्ता कयौँ आन्दोलनबाट प्राप्त उपलब्धिलाई सबै मिलेर संस्थागत गर्नुपर्छ”, मन्त्री श्रेष्ठ भनिन्, “बेमेलले समाजलाई समृद्धि गर्न सकिँदैन । एकता र सद्भावले समृद्धि समाज निर्माण गर्न सकिन्छ ।”

राजनीतिक आस्था र विचार फरकफरक भए पनि सबैको उद्देश्य समृद्ध समाजको निर्माण गर्नु नै भएको भन्दै मन्त्री श्रेष्ठले विचारमा आग्रह पूर्वाग्रह भए पनि विकासमा एकता सधैँ आवश्यक हुने बताइन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ३ : २९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको