स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बागलुङका स्थानीय तह « Khabarhub

स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बागलुङका स्थानीय तह


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङका स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका हुन् । गलकोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पताल चर्चामा छ ।

गलकोट र आसपासका बिरामीले अस्पतालबाट चिकित्सकसहितको सेवा लिइरहेका छन् । अस्पतालका लागि आवश्यक पूर्वाधार, प्रयोगशाला र चिकित्सककोसमेत व्यवस्था गरेर नगर अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएदेखि नै दैनिक बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालमा प्रमुख डा राजेश पौडेलले बताए । यसअघि गलकोट क्षेत्रका सर्वसाधारणलाई समान्य उपचारका लागिसमेत जिल्ला सदरमुकाम वा छिमेकी जिल्ला धाउनुपर्ने बाध्यता थियो ।

जैमिनी नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनको तयारी गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा प्रयोगशाला विस्तार र नगर अस्पताल सञ्चालनका लागि जग्गा व्यवस्थापन लगायतका काम भइरहेको नगर उप्रमुख हरिहर शर्मा बताउँछन् ।

कुश्मीशेरा प्राथमिक स्वास्थ्यचौकीको सुधार, विस्तार, चिकित्सकको व्यवस्थापन र पूर्वाधार विकासले त्यहाँ बिरामीको चाप छ । सदरमुकामसमेत रहेको बागलुङ नगरपालिका–१३ पैँयुपाटामा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ ।

अस्पताल भवन निर्माणाधिन छ । नगरका हरेक वडामा प्रयोगशालासहित स्वास्थ्यकर्मीको सेवा विस्तार गर्ने योजना नगरपालिकाले अघि सारेको छ । “हामी नागरिकको स्वास्थ्यप्रति गम्भीर र संवेदनशील छौँ”, नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, “कम्तीमा आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाउनै पर्छ ।”

जिल्लाको निसीखोला गाउँपालिकाले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आव २०७९/८० को बजेटमा रु २० लाख १० हजार बजेट विनियोजन गरेर एम्बुलेन्स ल्याएको हो । यसअघि सो गाउँपालिका एम्बुलेन्सविहीन थियो ।

एम्बुलेन्स सञ्चालनका लागि कानुनी प्रक्रियाअनुसार अनुमति लिएर अगाडि बढ्ने र पालिकाले कार्यविधि तथा भाडादर निर्धारण गरेपछि एम्बुलेन्स सञ्चालन हुने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । बरेङ गाउँपालिकाले सामुदायिक फार्मेसीमार्फत नागरिकलाई घरघरमै सबैखाले रोगका औषधि उपलब्ध गराउँदै आएको छ ।

गाउँपालिकाका स्वास्थ्यचौकीमा आधारभूत तहको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको गाउँपालिकाले स्वस्थ्यकर्मीको व्यवस्थापन र उपचार पद्धतिलाई प्राथमिकतामा राखेको छ । बडिगाड गाउँपालिकाले क्षयरोग, कुष्ठरोगजस्ता सरुवा रोगको खोजी र उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नागरिक स्वस्थ रहेमात्रै विकास हुने गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको धारणा छ ।

विकास भन्नेबित्तिकै सडक, भवनजस्ता संरचना सम्झिने परिपाटीलाई विस्तारै स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासलाई पनि ध्यान दिन थालेकामा स्वास्थ्यकर्मीले खुसी व्यक्त गर्छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये अब केही स्थानीय तहमा एम्बुलेन्स सेवा छैन । बाँकी सबै स्थानीय तहमा एम्बुलेन्स सञ्चालनमा आउँदा नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुन नपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ३ : ३५ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर