महोत्तरीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

महोत्तरीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा आज विहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जनकपुरको मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चौकमा ज ८ प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर नगरपालका– ९ परिकौलीका ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

लोक सेवा आयोग जलेश्वरमा कार्यालय सहयोगी भई काम गर्दै आएका यादव कार्यालयको कामले जनकपुर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पु¥याइएको थियो । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको छ । ठक्कर दिने बस र मोटरसाइकलाई प्रहरीको नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ५ : ०१ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील