नारायणीमा बन्ने पुलको सर्भे सुरु « Khabarhub

नारायणीमा बन्ने पुलको सर्भे सुरु


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवन र नवलपरासी जोड्ने नारायणगढस्थित नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको सर्भेको काम थालिएको छ । पुल महाशाखाको टोलीले भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाका प्रमुखसहितको टोलीसँग स्थलगत निरीक्षण गरी छलफल गरेको हो ।

भरतपुर महानगरकाका प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिसहितको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ ।

पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुल अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ । उक्त पुल चार वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने उनले जानकारी दिए । सिग्नेचर पुल निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले पुल डिजाइनको काम भइरहेको कम्पनीले जनाएको छ ।

चार सय २० मिटर लामो उक्त पुल निर्माणका लागि रू एक अर्ब ६८ करोड ७६ लाख ठेक्का सम्झौता भएको छ । राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणका लागि महानगरपालिकाले पहल गरिरहेको बताउँदै अबको केही समयपछि यस कामले पूर्णता पाउनेमा विश्वस्त रहेको उल्लेख गरिन् । सिग्नेचर पुलसहित राष्ट्रिय राजमार्ग जोड्ने तीनवटा पुल निर्माण हुँदा भरतपुरले विकासमा गुणात्मक फड्को मार्ने उनको भनाइ थियो ।

भरतपुर र नवलपरासी जोड्ने अरु दुई पुल निर्माणका लागि स्थलको अवलोकन गरिएको पुल महाशाखाको टोलीले जनाएको छ । महाशाखाले भरतपुर महानगरपालिका वडा नं २६ को घोसराघाटबाट नवलपुरको प्रगतिनगर जोड्ने पुलको स्थलगत निरीक्षण गरेको महाशाखाका उपनिर्देशक शाक्यले जानकारी दिए ।

यस्तै गोलाघाटबाट नवलपुर जोड्ने गरी ठेक्का सम्झौता भई स्थगित भएको स्थानको पनि टोलीले अवलोकन गरेको उनले बताए । भरतपुर र माडी ठोरी जोड्ने गरी अर्को पुल निर्माणको तयारी गरिएको छ ।

उक्त पुल भरतपुर महानगरपालिका वडा नं २४ अन्तर्गत ध्रुव र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने गरी निर्माण गरिने महाशाखाले जनाएको छ । यसका लागि ध्रुवको निरीक्षण एवं अनुगमन गर्नुका साथै वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको शाक्यले जानकारी दिए ।

पुल महाशाखाका अनुसार तीनवटा नयाँ पुल निर्माण गर्न एकैपटक ठेक्का सम्झौता गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : ३१ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला