अनलाइनमार्फत ‘बस टिकट’ « Khabarhub

अनलाइनमार्फत ‘बस टिकट’


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो ।

यसअघि विभिन्न अनलाइन माध्याममार्फत टिकट खरिद गर्दै आएका पर्यटकको सुविधाका लागि टिवानले ‘टुरिष्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरेको टिवानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

“आन्तरिक तथा बाह्य पर्यटक नझुक्किउन र उनीहरुलाई टिकट खरिदमा सहजता होस् भन्ने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “यस एप्समार्फत आफू जान चाहेको बसको टिकट, सिट नं र स्थानको सहजै टिकट लिन सकिनेछ ।”

हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर तथा पोखरादेखि लुम्बिनी र सौराहामा झण्डै एक सय पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका टिवानका उपाध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए ।

टिवानले आगामी असोजदेखि पोखरादेखि मुक्तिनाथसम्म पर्यटकीय बस सञ्चालन गर्ने तयारी थालेको उनले बताए । उनका अनुसार हाल काठमाडौँमा पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टेस्थित सडकबाट सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : ४० बजे

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न