शिक्षा विधेयकलाई अघि बढाउन भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे « Khabarhub

शिक्षा विधेयकलाई अघि बढाउन भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले शिक्षा विधेयकलाई अघि बढाउन सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् ।

सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी आइतबार स्वदेश फर्केका सभामुख घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकलाई अगाडि बढाउन सभामुखीय भूमिका निर्वाह गर्न बताएका छन् ।

उनले विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुङ्ग्याउने काम हुने जिकिर गरे । त्यस्तै, सभामुख घिमिरेले भ्रमणका क्रममा नेपाली विद्यार्थीहरुका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्थाबारे छलफल भएको जानकारी दिए ।

नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजागरीको अवसर सिर्जना गर्ने, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने र आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्नेबारे पनि छलफल भएको बताए ।

त्यस्तै, एक अर्का देशका नागरिकहरुको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणका लागि प्रोत्साहनबारे कुरा गरेको उनले बताए । आइरिश संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा भदौ ३१ गते आयरल्याण्ड प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १ : ३४ बजे

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान