शिक्षा विधेयकलाई अघि बढाउन भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे « Khabarhub

शिक्षा विधेयकलाई अघि बढाउन भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले शिक्षा विधेयकलाई अघि बढाउन सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् ।

सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी आइतबार स्वदेश फर्केका सभामुख घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकलाई अगाडि बढाउन सभामुखीय भूमिका निर्वाह गर्न बताएका छन् ।

उनले विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुङ्ग्याउने काम हुने जिकिर गरे । त्यस्तै, सभामुख घिमिरेले भ्रमणका क्रममा नेपाली विद्यार्थीहरुका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्थाबारे छलफल भएको जानकारी दिए ।

नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजागरीको अवसर सिर्जना गर्ने, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने र आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्नेबारे पनि छलफल भएको बताए ।

त्यस्तै, एक अर्का देशका नागरिकहरुको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणका लागि प्रोत्साहनबारे कुरा गरेको उनले बताए । आइरिश संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा भदौ ३१ गते आयरल्याण्ड प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १ : ३४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी