नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति « Khabarhub

नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो ।

पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । चिनियाँ निजी क्षेत्रसँग द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारेसमेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ । सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए ।

अध्यक्ष मल्लले नेपालको जलविद्युत, कृषि, सूचना प्रविधि, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह समेत गरेका थिए । अध्यक्ष मल्लले भने, ‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु ।’ सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्वपूर्ण हुने उनको भनाइ छ ।

अध्यक्ष मल्लले चीनसँगको सीमा नाकाहरुमा पूर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमासमेत जोड दिए ।
नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवं चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलन सम्बन्धी सहमति महत्वपूर्ण भएको बताए । नेपालमा पूर्वाधार विकास, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा चिनियाँ निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिए । सहमतिका क्रममा चेम्बर अध्यक्ष मल्लसहित निर्वतमान अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधरको पनि सहभागिता थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : ४२ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार