तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण « Khabarhub

तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ ।

कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएको मूल नाइके जोशीले जानकारी दिए।     

कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको जोशीले बताए। कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न विशिष्ट व्यक्तिहरु र सर्वसाधारण समेत तलेजु पसगेका छन् ।

यसअघि एकान्त कुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारी जात्रा सम्पन्न गरिएको थियो । तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्त कुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको जोशीले बताए। टिबुक्छेँमा रहेको ११ जनाको गणकुमारीको चतुर्ब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेद, चण्डीलगायतको पाठ गरी कुमारीको पुजारी प्रवेशराज राजोपाध्याय र प्राडा सिद्धिबीर कर्माचार्यले पूजा गरी जात्रा मनाइएको थियो । 

नवदुर्गाका रुपमा नौ कुमारी र भैरव तथा गणेश गरी ११ गणकुमारीको पुजा सकिएपछि तलेजुका पाँच सय २८ रकमीको सहभागितामा एकान्त कुमारीको पूजा गरिएको थियो । काठमाण्डौस्थित कुमारी घरबाट कुमारीलाई शुभसाइतमा तलेजु मन्दिर स्थित दसैँ घरमा ल्याएर बिराजमान गराई मूल चोकमा राखेर पूजा गरिएको उनले जानकारी दिए । 

तलेजुमा दसैँमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई जात्रा तलेजु जात्रा मनाइएको छ । तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा छ । 

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा छ भने भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  २ : ४० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल