दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण, सभापति रवि लामिछानेद्वारा दाइको हातबाट टीका ग्रहण, राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा, विजया दशमीमा रावणबध, मूर्ति विसर्जन गर्न गएका दुई जनाको डुबेर मृत्यु, एक बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट पनि दसैँको टिका, जमरा, प्रसाद ग्रहण गरे।

सभापति रवि लामिछानेद्वारा दाइको हातबाट टीका ग्रहण
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन्।

मंगलबार बिहान उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिएका छन् ।

नेपालगञ्जमा दशहरा मेला :आज रावण बध गरिँदै
नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण बध गर्न लागिएको छ ।

मूर्ति विसर्जन गर्न गएका दुई जनाको डुबेर मृत्यु, एक बेपत्ता
दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।

विजया दशमीमा रावणबध
बडादसैँ (मधेशमा दशहारा भनिन्छ)पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावत्र्ती मुख्य नाका मटिहानीमा रामायण गाथा गाइन्छ । मटिहानीमा बर्सेनि ‘रावणबध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरेर दशमीका दिन रावणरुपी दुष्ट पवृतिको अन्त्य भएको खुसियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो ।

दसैँमा निधार खाली नहुँदा खुसी भए कैदीबन्दी
विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि खुसी व्यक्त गरेका हुन् ।

तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण
भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ ।

कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएको मूल नाइके जोशीले जानकारी दिए।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ९ : ०४ बजे

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको