राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही होइन : अध्यक्ष ओली « Khabarhub

राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही होइन : अध्यक्ष ओली


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याकेको राजतन्त्र फर्काउने प्रयास चेतना नभएको मुर्खता भएको टिप्पणी गरेका हुन् ।

राजतन्त्रलाई राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा कुनै हिसाबले पनि चेतनै नभएका मर्खहरुले मात्रै मान्ने उनको भनाइ छ । ओलीले राजतन्त्रकै कारण तत्कालीन अवस्थामा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको धारणा राखे । अहिले मरेको प्रेतका पछाडि केहि व्यक्ति लागिपरेको अवस्थामा युवा संघले मात्रै परिवर्तनको पक्षमा आवाज उठाएको भन्दै धन्यवाद दिए ।

त्यस्तै, अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारकै कारण परिवर्तन विरोधी सल्बलाउन थालेको आरोप लगाए । जग नै नभएका कारण वर्तमान सरकार सानो समूहको प्रदर्शनबाट तर्सेको उनको भनाइ छ । जनतामा निराशा हुनु देशका लागि खतरनाक कुरा भएकाले सरकारले जनतालाई आशावादी बनाउनुपर्ने उनले बताए ।

त्यस्तै अध्यक्ष ओलीले युवा जमातमा देखिएका निराशालाई युवाहरुले नै समाधान खोज्दै निराशा हटाउनुपर्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : ३० बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका