जनताको सहभागिताबाट बनेको संविधानको विकल्प छैन : महामन्त्री शर्मा « Khabarhub

जनताको सहभागिताबाट बनेको संविधानको विकल्प छैन : महामन्त्री शर्मा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको सहभागिताबाट बनेको संविधानको विकल्प नभएको बताएका छन् ।

शुक्रबार मोरङको कटहरीमा नेपाल डेमोक्रेटिक लयर्स एसोशिएसन डिएलएले आयोजना गरेको स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री शर्माले धेरै शासन व्यवस्था प्रणाली हेरेर अहिले जनताको संविधान बनेकाले यसको विकल्प नभएको बताएका हुन् ।

परिवर्तित प्रणालीकै कारण अहिले लोकतन्त्रको विरोधमा पनि प्रदर्शन गर्न छुट भएको उनको भनाइ छ । उनले प्रणालीको विरोध भइरहँदा राज्यले आफ्नो प्राथमिकतामा ध्यान दिनुपर्ने जिकिर गरे ।

कार्यक्रममा सहभागिहरुले कर्मचारीहरुको मिलोमतो नभई जनप्रतिनिधिहरुले भ्रष्टाचार गर्न नसक्ने भएकाले कानुनी तथा वित्तिय सुशासन बारे जानकारी राख्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : ४८ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत