हिरानीको घरमा टेन्ट गाडेर शाहरुखले पाएका थिए फिल्म | Khabarhub Khabarhub

हिरानीको घरमा टेन्ट गाडेर शाहरुखले पाएका थिए फिल्म


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – डिसेम्बर २१ मा बलिउडका बादशाह शाहरूख खानको तेस्रो फिल्म डंकी रिलिज हुँदैछ । यो २०२३ मा आउन लागेको शाहरुखको तेस्रो फिल्म हो । फिल्ममा शाहरुखको साथमा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि छन् । यो वर्ष रिलिज भएको शाहरुखको दुबै फिल्म ब्लकबष्टर बनेका थिए । यो फिल्मका लागि दर्शकहरु निकै एक्साइटेड छन् ।

राजु हिरानीको निर्देशनमा शाहरुखले पहिलो पटक काम गरेका हुन् । तर यो फिल्म उनले कसरी पाए ? के कारणले गर्दा शाहरुख र राजुसँगै आए । यस्ता कुराहरूको खुलासा शाहरुखले माइक्रोब्लगिङ वेबसाइट एक्समा प्रश्नोत्तर सेसनमा गरेका थिए ।

हरेक फिल्म रिलिज हुनु अघि शाहरुखले माइक्रोब्लगिङ वेबसाइट एक्समा प्रश्नोत्तरको एउटा सेसन राख्छन् । यसमा उनले आफ्ना फ्यानहरूले सोधेको प्रश्नको उत्तरमा रमाइलो जवाफ दिन्छन् । यही सेसनमा शाहरुखलाई सोधिएको थियोः यस पटक राजकुमार हिरानीले तपाईँलाई अप्रोच गरे कि तपाईँले हिरानी सरलाई ? यसको जवाफ दिँदै शाहरुखले रमाइलो अन्दाजमा जवाफ दिए, ‘मैले राजकुमार हिरानीको घरको अगाडि टेन्ट लाएको थिँए । त्यही कहानी सुनियो अनि साइन पनि त्यही गरियो । एडिटिङ्ग पनि त्यही चलिरहेको छ ।’

अर्का एक युजरले टम क्रुजले मोटरसाइकलबाट हामफालिरहेको एक्सन सीनको फोटो शेयर गर्दै उनलाई सोधेका थिए, ‘के तपाईँले पनि यस्तो केही गर्ने सोच्नु भएको छ, जस्तो टम क्रुजले मिसन इम्पोशिबल ७ मा गरेका थिए ? ’ यसको जवाफमा भने शाहरुखले आफूसँग त मोटरसाइकल नै छैन यार भनेका थिए ।

अर्का एक युजरले भने लुटपुट गीतमा बच्चाको जस्तो इलेक्ट्रिफाइङ एनर्जी कहाँबाट आयो भनेर सोधेका थिए । यसको जवाफमा शाहरुखले आफ्नो घरमा एउटा सानो बच्चा छ, त्यही बच्चाको सरलता र एनर्जी आफ्नो गीतमा हाल्न सकूँ भन्ने कोसिस गरेको बताए । फ्यानहरूलाई शाहरुखको हाजिरी जवाफको यो शैली निकै मन परिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : ३६ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन