स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न « Khabarhub

स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको पाँच लाख रुपैयाँ आर्थिक सहयोग र स्याउले वडा स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्राविधिक सहयोगमा एक सय ६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान गरिएको छ  ।

स्याउलेदेखि गुन्ससम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेपछि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच ‘एक घर एक धारा’को उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरे। प्रमुख सापकोटाले नगरवासीलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउन आफूले गरेको सङ्कल्पको सुरुआत स्याउलेबाट भएको बताए ।

पूर्व सांसद एवम् जुगलथालखर्क होल्चे खानेपानी समितिका अध्यक्ष सुवास कर्माचार्यले एक घर एक धारा अभियानले सामुदायिक धारामा हुने घुइँचो र विवादको अन्त्य भएकामा खुसी व्यक्त गरे ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १ : ३३ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको