लगातार हाई आउनु गम्भीर रोगको संकेत « Khabarhub

लगातार हाई आउनु गम्भीर रोगको संकेत


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाई आउनु एक सामान्य शारीरिक प्रक्रिया हो। हाई हामी सबैलाई आउँछ। सामान्य भाषामा हामी अल्छी लागेर वा निन्द्रा नपुगेर मात्र हाई आयो भन्छौँ। तर हाई विभिन्न कारणले आउने चिकित्सकले बताएका छन्। धेरै अवस्थामा हाई आइरहनुले शरीरमा गम्भीर समस्याको संकेत गर्ने चिकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार हाई आउनुले मस्तिष्क, मुटु फोक्सोमा हुने समस्यालगायत अन्य विभिन्न रोगको संकेत दिनसक्छ। एक जनालाई हाई आएपछि त्यो देख्ने अर्को मानिसलाई पनि हाई आउने गर्दछ। एक, दुई हुँदै एकै चोटी धेरै मानिसमा फैलिन सक्छ। चिकित्सकका अनुसार अल्छी लाग्दा वा थकित हुँदा पनि हामीलाई हाई आउँछ। हाम्रो रगतमा कार्बोनडाइअक्साईको मात्रा धेरै हुँदा पनि हाई आउने गर्दछ। साथै फोक्सोमा अक्सिजनको प्रवाह आवश्यक पर्दा वा कम हुँदासमेत हामीलाई हाई आउने गर्दछ।

बढी हाई आउनुको कारण
हामीले माथि नै धेरै कुरा उल्लेख गरिसकेका छौं। हाई आउनुलाई सधैभर सामान्य रुपमा लिनु नहुने चिकित्सकको भनाइ छ। बढी आई आउनुका कारणलाई चिकित्सकसँगको कुराकानीका आधारमा बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
– कुनै पनि व्यक्तिलाई मुटुको समस्या छ भने धेरै हाई आउने हुनसक्छ।
– मिर्गौलामा समस्या भएमा पनि धेरै हाई आउने गर्छ।
– निन्द्रा कम हुँदा पनि हामीलाई हाईहाई आइरहन्छ।
– हाम्रो शरीरमा थाइराइड हर्मोन कम भयो भने लक्षण स्वरुप हाई आइरहने हुनसक्छ।
– शरीरमा अक्सिजनको कमी हुँदा मुटुले रक्तसञ्चार गर्न धेरै मिहिनेत गर्नुपर्ने हुन्छ त्यो बेला हामीलाई छिन छिनमा हाई आइरहन्छ। यस्तो अवस्थामा हृदयाघातसमेत हुनसक्छ।
– कुनै रोगको औषधिको साइड इफेक्टले कारण पनि हाई आउने गर्छ।
– ब्रेनमा अक्सिजनको मात्रा कम भएर हाई आउने गर्छ।
– हाम्रो शरीरको नशामा समस्या अर्थात् नर्ब सिस्टममा गडबडी भयो भने पनि बारम्बार हाई आउने गर्छ। त्यसैले बारम्बार हाई आउँदा होस गरौँ।
– कसैलाई दिनभर हाई आउँछ भने मधुमेहको सुरुवाती संकेत हुनसक्छ। हाम्रो रगतमा ग्लुकोजको मात्रा कम भयो भने हाई आउने गर्छ। त्यसैले लगातार हाई आइराख्यो भने घरमा नै निको होला भनेर बस्दा थप समस्या बढ्नसक्छ। तुरुन्त जाँच गर्नु पर्छ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : १० बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच