सर्लाहीको चन्द्रनगरमा धनी पुर्जा वितरण सुरु  « Khabarhub

सर्लाहीको चन्द्रनगरमा धनी पुर्जा वितरण सुरु 


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ ।

चन्द्रनगर गाउँपालिका–४ स्थित गढ टोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुआत गरिएको नापी कार्यालयका प्रमुख सञ्जय मनान्धरले बताए । उनका अनुसार पुस्तौँ पुस्तादेखि जोतभोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरूलाई प्रदान गरिएको छ ।

‘पुस्तौँ देखि जोतभोग गरिरहेको जमिनको पहिलो पटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूलाई निकै खुसी लागेको छ ।’ स्थानीयवासी नागेन्द्र महराले भने, ‘आफ्नो पिता पुर्खादेखि लालपुर्जा नहुँदा धेरै दुःख पाइया थियो । बल्ल अहिले आफूले जोत भोग गरेको जमिनको जग्गाधनी पुर्जा प्राप्त भयो ।’

वर्षौँ वर्षदेखि आफूहरू जग्गा भएर पनि जग्गाविहीन भएर बस्न बाध्य भएकोमा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसी लागेको अर्की स्थानीयवासी संझादेवी माझीले बताइन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ४ : ४५ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण