बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार आवश्यक : भारत अरुणाचलका मुख्यमन्त्री खाँडु « Khabarhub

बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार आवश्यक : भारत अरुणाचलका मुख्यमन्त्री खाँडु


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार गर्नुपर्ने बताएका छन् ।

अरुणाचलको जेमिथाङमा आयोजित एक बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री खाँडुले आफ्नो राज्यमा ठूलो सङ्ख्यामा बौद्धमार्गीको बसोबास रहेको उल्लेख गरे । राज्यका बौद्धमार्गीले आफ्नो संस्कृति परम्परालाई जोगाएकोमा उनले सन्तोष पनि व्यक्त गरे ।

उनले आफ्नो राज्यमा बौद्धमार्गीका साथै धेरै धर्मावलम्बीको बसोबास रहेको उल्लेख गर्दै सबै धर्मबीच सहअस्तित्व हुनुपर्नेमा जोड लिए ।
जेमिथाङमा आयोजित उक्त सम्मेलनमा ६ सय जनाको प्रतिनिधित्व रहेको थियो ।

सन् १९५९ मा तिब्बतमाथि चिनियाँ आक्रमणपछि १४ औँ दलाई लामा जेमिथाङ नाकाबाट नै भारत गरेका थिए । सोही कारण यस सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ६ : ०५ बजे

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग