दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्री प्रचण्डसँग आइएफएडीका प्रमुखको भेट, भ्रष्टाचारको जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच भेट, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने, देउखुरीका दर्जन बढी घर डुबानमा, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिएलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री प्रचण्डसँग आइएफएडीका प्रमुखको भेट

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो । नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् ।

खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन् । उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखेका छन् ।

भ्रष्टाचारको जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् ।

प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।’तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिय अघि बढाइने उनको भनाइ थियो ।

अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच भेट
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्या च्युनले नेपालको विकासको सन्दर्भमा सहयोग गर्न सदैव तयार रहेको बताएका छन् ।

मंगलबार एमाले मुख्यालय च्यासलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै युआन च्या च्युनले नेपालको विकासमा चीन सदैव सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रालयको भागबन्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएकी हुन् ।

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकियो

निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ ।

भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

भीमसेन थापाको २४९ औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको हो ।

किसानलाई मल र बीउ अभाव हुन दिन्नौँ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन् ।

मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उहाँले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे । सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए ।

‘आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउनुपर्छ ‘

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी महाधिवेशनमा पार्टी सभापति बदल्नुपर्ने र शेखर कोइरालालाई सभापति बनाउनुपर्ने बताएका छन् ।

४१ औं बिपी स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गुरुङले अहिले नै पार्टी सभापति परिवर्तन गर्नुपर्छ भन्नेमा आफू नरहेपनि आगामी महाधिवेशनमा कोइरालालाई सभापति बनाउनुपर्ने बताएका हुन् ।

कोशी सरकार गठन विवादबारे बुधबार सुनुवाइ हुने

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिए

एक क्विन्टल सुन प्रकरणपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुखको जिम्मेवारी फेरिएको छ ।

एक क्विन्टल सुन प्रकरणपछि अर्थ मन्त्रालयले अरुण पोखरेलको स्थानमा सहसचिव टोकराज पाण्डेलाई भन्सार प्रमुखको जिम्मा दिएको छ । पोखरेल विगत २ महिनादेखि विदामा रहेका छन् ।

केन्द्रीय समितिको निर्णय आएपछि पार्टी विधिसम्मत ढंगले चल्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका छन् ।

४१ औं बिपी स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डा। कोइरालाले केन्द्रीय समितिमा खुल्ला रुपमा पार्टीका चुनौतीलगायतका विषयमा छलफल भएको भन्दै बैठकको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका हुन् ।

देउखुरीका दर्जन बढी घर डुबानमा
दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् ।

दाङ राजपुर गाउँपालिका–५ स्थित भुर्किहवाका १०-१२ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

प्रहरी निरीक्षक मृत्यु प्रकरणमा आमा छोरा पक्राउ

होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ८ : ५९ बजे

कञ्चनपुरका तीन स्थानीय तहमा विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर– जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द

राप्रपाको केन्द्रीय समिति बैठक आजबाट 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु

स्थानीको विरोधपछि रेलमार्ग निर्माणको काम रोकियो

जलेश्वर – स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम

तीन प्रदेशको मौसम आंशिक बदली रहने

काठमाडौं– हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

अमेरिकी डलरको भाउ बढ्दा कुन-कुन विदेशी मुद्राको घट्यो ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर