विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि | Khabarhub Khabarhub

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र चार्जिङ स्टेशन निर्माणका सम्बन्धमा कार्यविधि बनाउने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारद्वारा रू चार करोड लागतमा विद्युतीय सवारी उपकरण खरिद र स्टेशन निर्माण गर्ने कार्यविधि बनाउन लागिएको जानकारी दिएका छन् । 

विद्युतीय सवारी साधन चार्ज गर्न सहज होस् भन्ने उद्देश्यले चार्जिङ उपकरण खरिद र स्टेशन निर्माण गर्ने कार्यविधि बनाउन लागिएको जनाउँदै उनले यसको उचित व्यवस्थापनले विद्युतीय सवारी सञ्चालनमा सहज हुने बताए । 

पछिल्लो समयमा विद्युतीय गाडी धेरै भित्रन थालेपछि पेट्रोल पम्प जस्तैगरी चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने भएको बताउँदै मन्त्री लम्सालले भने, ‘नेपालमा भित्रिएका विद्युतीय सवारीसाधन चल्नका लागि चार्जिङ स्टेशन तयार गर्ने काममा तदारुपताका साथ लागेका छौँ । यो काममा नेपाल विद्युत् प्राधिकरण, संघीय सरकार, निजी क्षेत्र समेतको पहलमा निर्माण गर्नेछौँ । यसका लागि सम्बन्धित निकायसँग छलफल गरिरहेका छौँ ।’

विद्युतीय सवारी वातावरण मैत्री र कम खर्चिलो हुने भएकाले स्टेशन निर्माणलाई तीव्रता दिन लागिपरेको मन्त्री लम्सालको भनाइ थियो । 

‘डिजेलका गाडीले जस्तो वायु तथा ध्वनि प्रदूषण विद्युतीय गाडीले फैलाउँदैनन्’, उनले भने, ‘त्यसैले काठमाडौँ जस्तो प्रदूषित सहरका लागि विद्युतीय सवारीसाधन निकै फाइदाजनक हुने देखिन्छ ।’

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १२ : २० बजे

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर

सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै

काठमाडौं– सिरियाको सुवेदा क्षेत्रमा जारी हिंसा अझ तीव्र बन्दै गएको

राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार जिम्मेवारी मुक्त गरिएका

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक

कास्कीको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

गण्डकी– जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशको पोखरासहित विभिन्न