रामपुरमा राखियाे डिजिटल नागरिक वडापत्र « Khabarhub

रामपुरमा राखियाे डिजिटल नागरिक वडापत्र


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गर्दै कार्यालय परिसरमा बुधबार डिजिटल नागरिक वडापत्र जडान गरी राखिएको हो । नगरपालिका कार्यालयबाट प्रवाह हुने ६० प्रकारका सेवा कसरी र कहाँ लिने रु र यसका लागि आवश्यक कागजी प्रक्रियाबारेमा स्पष्टरूपमा वडापत्रमा उल्लेख छ ।

सेवाग्राहीलाई सजिलोसँग छिटोछरितो सेवा प्रदान गर्न प्रविधियुक्त सेवा दिन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए।  नगरभित्रका केही वडामा पनि डिजिटल नागरिक वडापत्र राखिएको र अन्य वडा कार्यालयमा पनि राखिने उनको भनाइ छ । 

रामपुर नगरलाई प्रविधिमय बनाउन र समयानुकूल भित्रिएका प्रविधिको उच्चतम् प्रयोग गरेर सेवा दिने उद्देश्यले कार्यालयमा डिजिटल प्रविधिसहितको वडापत्र तयार पारेर राखिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । 

प्रविधिको प्रयोगका कारण सेवाग्राही र सेवा दिने कर्मचारीलाई कामकाजमा धेरै सजिलो हुने भएको छ । नगरपालिकको वडा नं. ४, ५ र ६ मा पनि डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १ : ०४ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ