भारतको ७४औँ गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति पुन « Khabarhub

भारतको ७४औँ गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति पुन


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि समारोहमा उपस्थिति रहेको थियो । 

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गरेको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्यमी-व्यवसायी, समाजसेवी, कलाकार, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको समारोहमा उपस्थिति थियो । 

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको सम्बन्धमा दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणले नयाँ आयाम थपिएको बताए ।

उनले पारस्परिक सम्बन्धलाई अझ गतिशील तुल्याउन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारसँग निकट सम्पर्कमा रहेर काम गर्न आफ्नो देशको राजनीतिक नेतृत्व प्रतिबद्ध रहेको बताए।  समारोहमा भारतबाट आएका कलाकारले विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ३ : ४२ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको