युद्ध सितिमिति कसैले पनि चाहेको विषय हुँदैन। २१ औं शताब्दीको कुनै शासकको धेरै भूगोलमा शासन गर्ने लहडमा हुने गैर मानवीय गतिविधिलाई सकारात्मक रूपले हेर्नु पर्ने कुनै आवश्यकता नै हुँदैन। रुसले युक्रेनलाई आक्रमण गरेको आक्रमणलाई संसारका बहु सङ्ख्यकले सही ठानेका छैनन्। अफ्रिकामा भने यस युद्धलाई हेर्ने दृष्टिकोणमा मत विभाजन देखिएको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा उत्रने संयुक्त राष्ट्र सङ्घको नीतिको पक्षमा ३० देश उभिएका छन्।
अफ्रिकामा भने यस युद्धलाई हेर्ने दृष्टिकोणमा मत विभाजन देखिएको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा उत्रने संयुक्त राष्ट्र सङ्घको नीतिको पक्षमा ३० देश उभिएका छन्।
त्यहाँको समस्या समाधान गर्ने पक्षमा गत वर्ष चासो नदिएको मदागास्कर र दक्षिणी सुडानले हस्ताक्षर गरेका छन्। यसरी हस्ताक्षर गर्ने देशमा मोरक्को पनि थपिएको छ। धेरै देश रुस र युक्रेन दुवैको पक्षमा छैनन्। पछिल्लो समय अन्य धेरै युरोपेली देशका साथै रुस र युक्रेनका अधिकारीले अफ्रिका भ्रमण गरे पनि त्यो भ्रमणले अफ्रिकाको हेर्ने दृष्टिकोणलाई कुनै फरक पारेको छैन।
यसै विषयमा भएको मतदानको अघिल्लो दिन मात्र युक्रेनी राष्ट्रपति भालाडोमिर लेजेन्सकीले युगान्डाका समकक्षी युऐरी मुसोभीनीसँग वार्ता गरेका थिए। त्यस वार्ताले युएरीलाई कुनै असर नै गरेन। अमेरिकी प्रथम महिला जिल वाइडेनले यसै महिना नाइजेरियाको भ्रमण गरेकी थिइन्। त्यस भ्रमणले पनि नाइजेरियालाई कुनै प्रभाव नै परेन।
दक्षिण अफ्रिकाले यो युद्ध भएको एक वर्षपछि यसैलाई लिएर अफ्रिकामा विवाद खडा गर्न आवश्यक नै नभएको ठहर गरेको छ।
अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लीन्केनले रुसले युक्रेनमा गरेको आक्रमणको विरुद्धमा अफ्रिकालाई एक मत गराउन कूटनीतिक पहल नपुगेको प्रतिक्रिया दिएका छन्। रुस र चीनसँग १० दिने सैन्य अभ्यास गरी रहेको दक्षिण अफ्रिका बिस्तारै त्यो पथबाट बाहिर आउने अपेक्षा गरिएको छ। दक्षिण अफ्रिकाले यो युद्ध भएको एक वर्षपछि यसैलाई लिएर अफ्रिकामा विवाद खडा गर्न आवश्यक नै नभएको ठहर गरेको छ।
केही अफ्रिकाली मुलुकको पूर्व सोभियतसँग गहिरो सम्बन्ध थियो। सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि पनि रुससँग त्यसै किसिमको सम्बन्ध कायम भएको हो। धेरै अफ्रिकी देशमा विगतमा भएको स्वतन्त्रताको लडाइँमा रुसले हतियार पठाएको रहेछ। त्यसै समयमा साइनो र नाताले अहिले उनीहरूले हेर्ने दृष्टिकोण र व्यक्त गर्ने मतमा प्रभाव पारेको जनाइन्छ।
दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक विरुद्धको लडाइँ भएको समयमा अफ्रिकी नेसनल कांग्रेस गठन भएको थियो। त्यही दल अहिले त्यहाँको सत्तारुढ दल हो। त्यस समयमा भने अफ्रिकी नेसनल कांंग्रेसलाई आतङ्ककारीको सूचीमा राखिएको थियो। सो दलका नेता नेल्सन मन्डेला पनि आतङ्ककारीको सूचीमा थिए।
सन् १९९३ मा नोबेल शान्ति पुरस्कार पाएका मन्डेला सन् १९९४ देखि १९९९ सम्म त्यहाँको राष्ट्रपति भएका थिए। दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति भएका उनको नाम लामो समयसम्म आतङ्ककारीको सूचीमा थियो। त्यो नाम सूचीबाट सन् २००८ बाट मात्र हटाइएको थियो।
कतिपय देशको सवालमा विगतको साम्राज्यवादी समयले अहिलेको सम्बन्धलाई कुनै असर गरेको छैन। विश्व समुदायबाट टाढिएको इरिट्रिय र माली अहिले रुसको पक्षमा रहेको पाइएको छ।
ब्लीन्केनको मतमा पनि विगतमा अमेरिकाको मत रङ्गभेदी शासनको पक्षमा रहेका थिए। त्यो साँच्चै दुर्भाग्यशाली थियो साथै मेटिन नसक्ने खराब इतिहास पनि। यसको असर अहिले परेको उनी बताउँछन् । ब्लीन्केनकै नजरमा विगतमा भएका थुप्रै गल्तीलाई सच्याउँदै अहिले सही बाटोमा जानुको विकल्प नै छैन।
कतिपय देशको सवालमा विगतको साम्राज्यवादी समयले अहिलेको सम्बन्धलाई कुनै असर गरेको छैन। विश्व समुदायबाट टाढिएको इरिट्रिय र माली अहिले रुसको पक्षमा रहेको पाइएको छ। केही दिन अघि रुसी विदेशमन्त्री सर्गेइ लागारोभको भ्रमण आयोजना गर्ने यी देश अहिले युक्रेनको पक्षमा मतदान गर्न तयार भएनन्।
देशका इस्लामिक सैन्य सङ्गठनको विरुद्धमा लडाइँ लड्नका लागि मालीले गत वर्ष फ्रेन्च सेनालाई हटाउँदै रुसी सेनालाई बोलाएको थियो। अहिले मतदान नगर्ने र यस विषयमा आफूलाई पन्छाउने देशमा सेनेगल तान्जानीया, इक्वोटोरियल गुयना, बुर्कीना फासो, इवास्टीनी, बिसाऊ र क्यामरुनले मतदान गरेनन्।
रुसले युद्ध सुरु गरेदेखि नै सामाजिक सञ्जालमा सक्रिय धेरै समूह बन्द गराइए। यसरी बन्द गराइने सूचीमा रुसोफायर भने थिएन। अफ्रिकामा रुसी प्रभावको बारे फ्रान्सले चासो दिएपछि नै सो सञ्जालको प्रयोग भएको थियो।
त्यसो त ५० भन्दा बढी देश भएको महादेशको सहानुभूति लिन कम्ती कठिन पनि होइन। उनीहरू अहिले कुनै पक्ष या विपक्षमा रहनु उनीहरूको आफ्नै कारण छ। यो युद्ध सकिने अझ लामो समय लाग्ने छ। लामो समयमा आफ्नो मत उनीहरूले राख्ने नै छन्। अफ्रिकाको हकमा मत विभाजन भए पनि संसारका धेरै देशको हकमा मत युद्ध विरोधी नै छ।
कुनै समय सिङ्गो अफ्रिका नै युरोपेली देशको साम्राज्यमा थियो। यसरी विशाल साम्राज्य फैलाउने देशमा फ्रान्स र पोर्चुगल थिए। स्पेन पनि अछुतो थिएन। बेलायती साम्राज्य त संसारको सबै भन्दा विशाल साम्राज्य नै भयो।
संसारका धेरै देशको सद्भाव पाउनका लागि रुसले सामाजिक सञ्जाल र प्रचार संयन्त्र पनि प्रयोग गरेको छ। सन् २०२१ मा नै रुसोफायर नामको नेटवर्क तयार भएको थियो। त्यस पछिको फेब्रुअरीमा रुसले युक्रेनलाई आक्रमण गर्नु ठिक अघि यसको प्रयोग व्यापक बनाइयो। यसको उद्देश्य नै युद्धको समयमा प्रोपोगान्डा मच्चाउनु र आफ्नो पक्षमा धेरैलाई समेट्नु थियो। त्यस सामाजिक सञ्जाल सुरु भएदेखि नै ८० हजार फलोअर थिए।
रुसले युद्ध सुरु गरेदेखि नै सामाजिक सञ्जालमा सक्रिय धेरै समूह बन्द गराइए। यसरी बन्द गराइने सूचीमा रुसोफायर भने थिएन। अफ्रिकामा रुसी प्रभावको बारे फ्रान्सले चासो दिएपछि नै सो सञ्जालको प्रयोग भएको थियो। यस सञ्जालको सञ्चालक एक ६५ वर्षीय बेल्जियन राजनीतिज्ञ थिए। उनी आफूलाई स्टानीलनवादी भन्न रुचाउँथे। त्यस सञ्जालले युक्रेनी सेनालाई नाजीको संज्ञा समेत दिएको थियो।
क्रेमलिन युवा समूह नासीसँग सहकार्य गरेपछि उनको रुससँगको सुमधुर सम्बन्धको विकास भएको हो। त्यसपछि उनी आफैले निर्वाचन पर्यवेक्षण समूह निर्माण गरेका थिए। सामाजिक सञ्जालका एक सक्रिय व्यक्ति अफ्रिकामा रुसी प्रभाव बढाउन सक्रिय थिए।
यसको बारे धेरै छानबिन गर्दा रुसी स्रोतबाट यो सञ्चालन भएको समेत खुलासा भएको थियो। यस सञ्जालले मालीमा रहेको रुसी सेना वाग्नर समूहको पक्षमा वकालत गरेको छ। यसमा आबद्ध भएका लुक माइकलले भने वान्गरसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएका छन्। उनले आफूले साइबर लडाइँ नै सुरु गरेको भने स्वीकार गरेका छन्। उनी आफूलाई अफ्रिकाको साथी भएको समेत दाबी गर्छन्।
सन् १९५८ मा जन्मिएका उनी लीबीयाका तत्कालीन नेता गद्याफीलाई सहयोग गर्न त्यहाँ पुगेका थिए। उनी बरुन्डीमा पनि उप राष्ट्रपति पियरे नुकुरुन्जीयाको समर्थकको रूपमा त्यहाँ रहेका थिए।
क्रेमलिन युवा समूह नासीसँग सहकार्य गरेपछि उनको रुससँगको सुमधुर सम्बन्धको विकास भएको हो। त्यसपछि उनी आफैले निर्वाचन पर्यवेक्षण समूह निर्माण गरेका थिए। सामाजिक सञ्जालका एक सक्रिय व्यक्ति अफ्रिकामा रुसी प्रभाव बढाउन सक्रिय थिए। अफ्रिकाको अवस्था जस्तो भए पनि त्यहाँको समर्थन जे भए पनि सिङ्गो विश्वको सद्भाव भने युक्रेन प्रति रहनु स्वाभाविक हो। स्रोत : बीबीसी
प्रतिक्रिया